आदर्श माविमा दाहालको नेतृत्वमा नेविसंघ गठन
Published: (Updated: )
by .मेचीनगर । इट्टाभट्टास्थित आदर्श माध्यमिक विद्यालयमा योगेश दाहालको सभापतित्वमा नेविसंघ इकाइ समिति गठन भएको छ । दाहालको नेतृत्वमा ५१ सदस्य समिति चयन गरिएको हो ।
समितिको उप-सभापतिमा अजित राजवंशी, डोल्मा शेर्मा, जमुना राजवंशी र स्मीति गौतम तथा सचिवमा नविन फुयाल र सुनिता राजवंशी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सह-सचिवमा प्रतिमा घिमिरे, उमा अधिकारी, झर्ना लिङदेन, विश्वजित राजवंशी, निशा नेपाल र जस्मीन घिमिरे तथा कोषाध्यक्षमा कौतली राजवंशी, राजेश श्रेष्ठ र लिलि राजवंशी चयन भएका हुन् ।
निसा नेपालको सभापतित्वमा भएको कार्यक्रममा नेविसंघ झापा जिल्ला सह-सचिव सुरज सुवेदी, नेविसंघ झापा जिल्ला सदस्य मोनिका ढुङगाना, त्रिदेव नेविसंघ इकाइ सचिव सौरभ बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा नेविसंघ झापा जिल्ला सह-सचिव सुवेदी र त्रिदेव नेविसंघका इकाइ उपसभापति अर्जुन गौतमले आ-आफना धारणा राखेका थिए ।
नेविसंघ झापा जिल्ला सदस्य कल्पना थापाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन रोसन पोखरेलले गरेका थिए ।
Comments