Sajhamanch Archive

सेनाद्वारा आङ सान सूकीको पार्टी कार्यालयमा छापा

Published: in विश्व समाचार by .

एजेन्सी । म्यानमारको सेनाले नेत्री आङ सान सूकीको नेतृत्वमा रहेको पार्टी नेशनल लिग फर डेमोक्रेसी पार्टीको मुख्य कार्यलयमा छापा मारेको छ ।

सेनाले रातको समयमा कर्फ्युको बेला छापा मारेको बीबीसीले जनाएको छ । अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभर निशेधाज्ञा लागु गरिएको छ ।

म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ चुनाव गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *