Sajhamanch Archive

एनएमसीबाट गुप्ता परिवारलाई ५० हजार राहत रकम हस्तान्तरण

Published: (Updated: ) in समाज, सहकारी by .

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापा (एनएमसी) ले सदस्य दम्पतीको मृत्युमा परिवारजनलाई राहत रकम प्रदान गरेको छ । घैलाडुब्बा कार्यालय  इकाई नं ४ लक्ष्मीपुरका सदस्य कन्हैयालाल गुप्ताकी श्रीमती गीतादेवी गुप्ताको को माघ २२ गते ५७ वर्षको उमेरमा निधन भएको थियो । उनको परिवारजनलाई संस्थाले समवेदना सहित ५० हजार रुपैयाँ राहत प्रदान गरेको हो ।

घैलाडुब्बा कार्यालयका निमित्त कार्यालय प्रमुख तथा कर्जा फाँट प्रमुख श्री कृष्णप्रसाद उप्रेती,घैलाडुब्बा कार्यालय गत उपसमिति संयोजक श्री गणेशप्रसाद उप्रेती,  उपसमिति सदस्यहरु श्री नरमान श्रेष्ठ र श्री रुपादेवी मिश्र,  एकाइ नम्बर १ संयोजक श्री रुद्रबहादुर बोहरा,  एकाई नम्बर २ संयोजक श्री भीमबहादुर बुढाथोकी,  एकाई नम्बर ३ संयोजक श्री खगेन्द्रप्रसाद पाण्डे,  एकाई नम्बर ४ संयोजक श्री लेखनाथ दाहाल तथा सदस्य श्री बेनुप्रसाद घिमिरे र श्री विष्णुमाया खतिवडा साथै एकाई नम्बर ४ कि बजार प्रतिनिधि श्री मुना विश्वकर्मा लगायतको टोली गुप्ता निवास गएर राहत प्रदान गरेको हो ।

सदस्य परिवारमा समवेदना र राहत रकम प्रदान गर्दै उपसमिति संयोजक उप्रेतीले जीवनका सबै आरोह अवरोहमा एनएमसी सदस्यको साथमा रहने गरेको सुनाए ।

उनले सहकारीमा सदस्यको योगदानको आधारमा राहत सुविधा प्रदान गर्ने गरेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *