Sajhamanch Archive

सरस्वती पूजाका दिन युनिक स्कूलमा भर्ना निःशुल्क

Published: (Updated: ) in लोकप्रिय, शिक्षा by .

मेचीनगर । शैक्षिक क्रियाकलापमा अब्बल मेचीनगर-१२,सहरेडाँगीमा रहेको युनिक इङलिस बोर्डिङ स्कुलले सरस्वती पूजाका दिन निःशुल्क विद्यार्थी भर्ना अभियान चलाउने भएको छ ।

यो वर्ष सरस्वती पूजा यही फागुन ४ गते परेको छ । सो दिन विद्यार्थी भर्ना हुन आउनेलाई जुनै कक्षामा पनि निःशुल्क गरिएको प्रिन्सिपल विष्णुप्रसाद रिमालले बताए ।

कोरोना महामारीको असर परिरहेको यो बेला विद्यार्थीलाई राहत दिन सरस्वती पूजाका दिन निःशुल्क भर्ना सञ्चालन गरिएको उनले बताए । ‘हामीले एक दिनका लागि मात्रै निःशुल्क विद्यार्थी भर्ना चलाएका छौँ,’ उनले स्पष्ट पारे ।

कोरोनाको असरले गर्दा कतिपय विद्यार्थी घरैमा बसेको अवस्था रहेको उनको भनाइ छ । २०६१ सालमा स्थापना भएको युनिक स्कूलमा हाल ४३० जना विद्यार्थी अध्ययनरत् छन् । चौथो वर्षको एसइई परीक्षा दिइसकेको उक्त स्कूल मेचीनगर क्षेत्रको उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा पनि स्थापित छ ।

एकल स्वामित्वमा सञ्चालित युनिक स्कूलमा ३ करोड लगानी रहेको छ । प्रिन्सिपल रिमाल सानै उमेरदेखि शैक्षिक क्षेत्रमा क्रियाशील छन् । उनकै लगानी र मेहनतबाट युनिक स्कूलले शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *