Sajhamanch Archive

जब विवाह अघि प्रियंकाले गरिन् निकको जासुसी

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

नायिका प्रियंका चोपडा र निक जोनसको जोडी संसारभरी रचाइन्छ । उनीहरु एक यस्ता जोडी हुन जो सधैं आफ्नो केमेस्ट्रीमार्फत् सबैको मन जित्न सफल हुन्छन् । उनीहरुले जे गर्छन्, त्यसले सबैको ध्यान खिचिरहेको हुन्छ ।

तर जुन जोडीलाई पूरा संसारले यति परफेक्ट मान्छ, विवाह अघि कहानी भिन्न थियो । प्रियंका आफैंले बताइसकेकी छिन् कि उनले एकपटक निक जोनसको जासुसी गरिसकेकी छिन् ।

एक अन्तरवार्तामा प्रियंकाले यसबारे जानकारी दिँदै भनेकी छिन् । एकपटक निक उनकी आमासँग लञ्चमा गएका थिए । त्यतिबेला प्रियंका र निकको प्रेम सम्बन्ध बसेको केही महिना मात्रै बितेको थियो । त्यतिबेला निकले पनि प्रियंकाको परिवारलाई खासै राम्रोसँग चिन्दैनथे । यस्तोमा निक एक्लै आमासँग लञ्चमा जानु प्रियंकालाई खासै चित्त बुझिरहेको थिएन ।

त्यसैकारण निकमाथि निगरानी राख्नका लागि प्रियंकाले आफ्ना सेक्युरिटी गार्ड उनको पिछा गर्न अह्राइन् र तस्बिर खिच्न पनि आदेश दिइन् । यी दुई के गर्छन् भन्ने कुरा प्रियंका थाहा पाउन चाहन्थिन् ।

प्रियंका मान्छिन् कि उनी साँच्चै नै हरेक कुरामाथि आफ्नो नियन्त्रण राख्न चाहन्छिन् । उनलाई सबैकुरा थाहा पाउन निकै हतार हुन्छ यस्तोमा कुनै प्रकारको सिक्रेट र सर्प्राइजले उनलाई सधैं अशान्त राख्ने गर्छ ।

उनको यही बानीले विवाह अघि उनलाई निकमाथि जासुसी गर्न बाध्य पार्यो । उनले अब यो कुरा निक जोनसलाई भनेकी छिन् वा छैनन्, त्यसबारे उनले कुनै खुलासा गरेकी छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *