Sajhamanch Archive

बालबालिकामाझ युवा साहित्यकार

Published: in राष्ट्रिय समाचार by .

कनकाई । झापाको कनकाई नगरपालिका १ स्थित दुर्गापुरमा बाल साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

रचनात्मक क्रियाकलापमा बालबालिका अन्तरगत आयोजित कार्यक्रममा युवा साहित्यकारहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रममा झापाली समाजका सचिव विकास शिवा, बिमला चिमरिया, ममता प्रसाई, संगीता कोइराला, जिएस पौडेल, विवेक आचार्य, प्रचुर अभावलगायतले कविता तथा गजल वाचन गरेका थिए ।

कार्यक्रम संयोजक सरोज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सागर रिजालले गरेका थिए ।

रचनात्मक क्रियाकलापमा बालबालिका अन्तरगत हाल ११० जना बालबालिकाहरुले विभिन्न विधामा प्रशिक्षण लिँदै आएका छन् ।

साहित्यबाट पनि बालबालिकाहरुलाई रचनात्मक जिम्मेवार बनाउन मद्धत पुग्ने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ ।

एकवर्षभर हरेक शनिबार ४ घण्टाका दरले बालिकालिकामा रचनात्मक अभियानमा सरिक गराउन तथा प्रशिक्षण प्रदान गर्नका लागि कनकाई नगरपालिका वडा नं. १ ले बजेट प्रदान गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *