Sajhamanch Archive

देवकोटा स्कुलको स्तरोन्नति गर्ने जिम्मा सरोजको टिमलाई

Published: in शिक्षा, समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा न.९ मा रहेको देवकोटा आधारभुत विद्यालयको स्वरुपमा छिट्टै परिवर्तन आउने भएको छ ।

स्थानीय युवाहरुको अग्रसरतामा विद्यालयको खेल मैदान सम्याउने, भवनहरुमा रङ्ग रोगन गर्ने, सरस्वती मन्दिर निर्माण लगायत कार्य गर्न विद्यालयले छुट्टै समिति बनाएको हो । विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेका स्थानीय सरोज पौडेलको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो ।

समितिले आजदेखि नै भवनहरुमा रङ्ग रोगनको कार्य थालनी गरेको अध्यक्ष पौडेलले बताए । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले रङ्ग रोगन कार्यको सुरुवात गरिदिएकी हुन् । सो अवसरमा नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, खेलकुद बिकास समिति अध्यक्ष टीका संग्रौला, उपाध्यक्ष केशव भण्डारी लगायतको उपस्थिति थियो ।

पौडेलका अनुसार आउँदो सरस्वती पुजाको दिन विद्यालय हातामा सरस्वतीको मन्दिर शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

विद्यालयको खेल मैदान सम्याउन, भवनहरुमा रङ्ग रोगन गर्न तथा सरस्वती मन्दिर निर्माण लगायत कार्य गर्न स्थानीयबासी, समुदाय, स्थानीय सरकार एवम् शिक्षा क्षेत्रको प्रवर्धनमा योगदान गर्ने दाताहरुबाट सहयोग संकलन गरिने अध्यक्ष पौडेलले योजना सुनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *