Sajhamanch Archive

राष्ट्रपति बाइडेनद्वारा म्यानमारका सैन्य नेतामाथि प्रतिबन्धको घोषणा

Published: in विश्व समाचार by .

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।

म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए ।

बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको व्यापार र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउने बाइडनको भनाइ छ ।

राष्ट्रपति बाइडनका अनुसार अमेरिकाले म्यानमारविरुद्ध निर्यात नियन्त्रण लागु गर्ने छ र आवश्यक परेमा थप प्रतिबन्ध पनि लागु हुने छ ।

अमेरिकी राष्ट्रपति बाइडनले हिरासतमा लिइएका सबैलाई रिहा गर्न र सत्ता पनि फिर्ता गर्न म्यानमारको सेनालाई भनेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *