Sajhamanch Archive

विप्लव नेतृत्वको नेकपासहित चार पार्टीले संयुक्त मोर्चाको घोषणा गर्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीसहित चार दलले आज संयुक्त मोर्चाबन्दी घोषणा गर्ने भएका छन्‌ ।

प्रतिबन्धित पार्टी, मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेकपाले रणनीतिक संयुक्त मोर्चाबन्दी घोषणा गर्न लागेका हुन् ‌।

प्रतिबन्धित पार्टीको शीर्ष नेतृत्व समेतको उपस्थितिमा हुने कार्यक्रममा रणनीतिक संयुक्त मोर्चा घोषणा एवं मोर्चाको अवधारणा पत्र, संरचना र संघर्षका कार्यक्रम सार्वजनिकीकण गर्ने बताइएको छ। विप्लव नेतृत्वको नेकपालाई सरकारले गरेको प्रतिबन्ध कायमै छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *