Sajhamanch Archive

महिलाले विदेश जाँदा वडा कार्यालयको सिफारिस लिनुपर्ने कुनै निर्णय भएको छैन : अध्यागमन विभाग

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा, समाज by .

काठमाडौं । महिलाले एक्लै विदेश जाँदा परिवारको सहमति र वडा कार्यालयको सिफारिस चाहिने व्यवस्था हुन लागेको भनी आएका समाचारहरुमा सत्यता नरहेको अध्यागमन विभागले जानकारी दिएको छ ।

जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक भ्रमणमा जान चाहने महिलाले परिवारको सहमति र स्थानीय वडाको सिफारिस चाहिने व्यवस्था गर्नका लागि कार्यविधि संशोधन गर्न लागेको भनेर सञ्चार माध्यमहरुमा समाचार आएको थियो । त्यसप्रति ध्यानाकर्षण भएको विभागले जनाएको छ ।

तर विभागले ती समाचारहरु भ्रामण रहेको भन्दै बिहीबार एक विज्ञप्ति जारी गरी खण्डन गरेको छ । विभागले सबै विदेशी मुलुक जाँदा नभएर खाडी र अफ्रिकी मुलुकजस्ता जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक एक्लै यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने विषयमा नयाँ व्यवस्था गर्न सक्नेबारे अनौपचारिक छलफल मात्र भइरहेको प्रस्ट पारेको छ ।

‘यस्ता सार्वजनिक विषयहरूमा निर्णय गर्दा संविधानप्रदत्त अधिकार, विश्वव्यापी मान्यता, आम जनताको धारणा र कार्यान्वयन सहजतासमेत हेरी नागरिको मौलिक अधिकार कुण्ठित नहुने गरी निर्णय हुने बेहोरोसमेत सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *