Sajhamanch Archive

तोलामा चार सयले घट्यो सुनको भाउ

Published: (Updated: ) in अर्थतन्त्र, समाज by .

काठमाडौं । सुनको भाउ तोलामा चार सय रुपैयाँले सस्तो भएको छ ।

बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३१५ रुपैयाँ तोकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *