Sajhamanch Archive

ज्योति क्लब तथा टोल सुधारको नयाँ कार्य समिति चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिका ४ स्थित ज्योति क्लव तथा टोल सुधार समितीले विन्दप्रसाद राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गौरी राई, वुद्धिमान राइ, उपाध्यक्ष पवित्रा अधिकारी, सचिव लक्ष्मण पोख्रेल, सह सचिव गंगाराम गहतराज (वेटम) चयन भएका हुन् ।

त्यसैगरी सदस्यमा पदमकुमार राई, नन्दलाल दाहाल, विन्द्रकुमार राई, संगीता नेम्वाङ, सन्तोस कडेल, गोपाल राई र विष्णु लावती रहेका छन् ।

कार्यक्रममा क्लवलाई विभिन्न क्षेत्रवाट सहयोग गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा कमलबहादुर राई, मित्रलाल पोख्रेल, कमल कार्की, विमला कार्की, नन्दबहादुर राई, गंगा सावाँ, डुकादेवी गुराँगाईलाई क्लवका अध्यक्ष रामकुमार मावा र प्रमुख अतिथी प्रेमबहादुर राईले सम्मान पत्रका साथै खादा ओडाएर सम्मान गरेको आयोजकले जनाएको छ ।

ज्योति क्लवका अध्यक्ष रामकुमार मावोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रेमबहादुर राई, महिला सदस्य सीता निरौला, पत्रकार मञ्च दमकका सह सचिव उमानाथ भण्डारी, तोपगाछी खानेपानी स्किम नम्बर १ का अध्यक्ष सुर्यप्रसाद लिम्बु, सिद्धार्थ सेवा समाजका सचिव लेखनाथ खतिवडा, ज्योति आधारभुत विद्ययालयका शिक्षक ओम प्रकास निरौला लगायतले शुभकामना मन्तव्यका राखेका थिए ।

कार्यक्रम सम्पूर्ण अतिथिहरुले नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिए । कार्यक्रम लाई क्लवका सचिव रामप्रसाद पोख्रेलले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *