Sajhamanch Archive

कमल गाउँपालिकामा कृषि प्रदर्शनीः कृषकलाई प्रविधिसँग जोड्न मन्त्री रानाको सुझाब

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, स्थानीय तह by .

कमल । नम्वर प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले किसानहरुले परम्परागत रुपमा खेती गर्दै आएकाले उनीहरुलाई आधुनिक प्रविधिबाट खेती सुझाएका छन् ।

कमल गाउँपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्र झापा र आई.पि.एम. आलु ब्लक सन्चालन समितीको व्यवस्थापनमा कमल गाउँपालिकामा सम्पन्न कृषि मेला प्रदर्शनी तथा आलु महोत्सव २०७७ को अवलोकन पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री रानाले अब किसानहरुलाई प्रविधि मैत्री बनाउन जोड दिए ।

कतिपय कृषि उपजहरु उत्पादन हुन साथ बिक्री नगरे बिग्रन सक्ने तर तत्काल बिक्री गर्दा किसानले लागत समेत उठाउन नसक्ने भएकाले उनीहरुलाई प्रविधि उपलब्ध गराउने सके प्रशोधन गरेर कृषकले आफ्नो उत्पादन बढी मुल्यमा बिक्री गर्न सक्ने मन्त्री रानाले बताए । किसानलाई कृषि परिचय पत्र उपलब्ध गराउने तयारी भैरहेको र त्यसको आधारमा अनुदान सरकारबाट उपलब्ध गराईने सेवा प्रदान गरिने समेत मन्त्री रानाल बताए ।

गाउँपालिकाले कृषकलाई विभिन्न किसिमको अनुदान दिएपछि पछिल्लो समय यहाँका कृषक कृषि पेशातर्फ लागेका हुन् । कृषकले उत्पादन गरेका बस्तुको मुल्याङ्कन गरी उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने जसले गर्दा कृषकमा थप उत्साह बढ्ने भएकोको गाउँपालिकाले प्रथम आलु महोत्सव तथा कृषि प्रदर्शनी गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।

गाउँपालिकाले कृषकलाई प्रोत्साहित गर्न कृषि मेला, किसान दिवश, विषादी मुक्त सप्ताह जस्ता कार्यक्रम सन्चालन गरिरहेको छ । जसले गर्दा कृषि पेशातर्फ लाग्न कृषकलाई थप मद्धत पुग्ने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटी बताए ।

गाउँपालिकाले ७ औं गाउँसभाबाट कमल गाउँपालिकालाई आग्र्यानिक कृषि उत्पादनका लागि नीति कार्यक्रममै उल्लेख गरेको छ । कृषिलाई कसरी आग्र्यानिक बनाउने र कृषकलाई व्यवसायिक बनाउने भनेर कृषि गुरुयोजना तयार भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ बताउँछन् ।

गाउँपालिकाले पहिलो पटक माटो परिक्षणकालागी डिजिटल .मिनि ल्याव सन्चालनमा ल्याएको छ । यस अघि माटो परिक्षणकालागी सुरुङ्गा र झुम्का सम्म पुग्नु पर्ने बाध्यता हटेको छ भने माटो अनुसारको वाली लगाउदा पनि कृषकले बढी उत्पादन गरेको कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले बताए ।

कृषि ज्ञानकेन्द्र झापा र गाउँपालिकाको सामान्य सहयोगमा सुरु गरिएको आलु पकेट कार्यक्रम अहिले ब्लकको रुपमा विस्तार भएको छ । कमल गाउँपालिकामा आलु विकासका कार्यक्रमकालागी पुर्वाधार विकासको तयारी पुराहुने अवस्थामा पुगेको र १ सय १९ कृषकलाई ५० प्रतिशत अनुदानमा विभिन्न प्रकारको सहयोग गरेको आई.पि.एम. आलु ब्लक सन्चालन समितीका सचिव टंक कट्टेलले बताए ।

कार्यक्रममा लहरे बालीतर्फ ३० जना, खाद्यन्य बालीतर्फ १७ जना, आलु बालीतर्फ ३७ जना जरे बालीतर्फ १७ जना र फलफुल बालीतर्फ ११ जनाले कृषि मेला प्रदर्शनी भाग लिएका छन् ।
प्रदर्शनीमा भाग लिएका मध्ये प्रत्यक समुहबाट प्रथम, द्वितीय , तृतीय र सान्त्वना गरी दुई दर्जन कृषकलाई पुरस्कृत गरिएको कृषि प्राविधिक प्रोम पोखरेलले जानकारी दिए ।
कृषि मेला प्रदर्शनीमा १ नम्वर प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव निरु दाहाल (पाण्डे), कृषि महाशाखा प्रमुख पशुपति ढुङ्गाना लगायतको उपस्थिती रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *