कर्णाली साकोसका सदस्यलाई बिएण्सीले उपचारमा छुट गर्ने
Published:
by .बिर्तामोड । विर्तामोड । बिर्तामोड स्थित बिएण्सी हस्पिटल तथा पुर्वाञ्चल क्यान्सर हस्पिटलमा कर्णाली साकोसका सेयर सदस्य तथा तिनका परिवारको उपचारमा विशेष छुट गरिने भएको छ ।
२०७७ माघ २९ गतेदेखि लागू हुनेगरी कर्णाली साकोसका सेयर सदस्य तथा परिवारको उपचारका लागी ओपिडी देखि बाहेक सबै उपचारमा छुट गरिने भएको हो । ४ लाखसम्मको बिलमा १० प्रतिशत र त्यो भन्दा माथिको बिलमा १५ प्रतिशत छुट गरिने भएको छ । त्यस्तै औषधीको बिलमा १०, छुट गरिने भएको कर्णाली साकोसले जनाएको छ ।
कर्णाली साकोसका सचिव भुपाल बस्नेत र बिएण्सी हस्पिटलका जनसम्पर्क सयोजक प्रमेश गिरीले वुधबार सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
Comments