Sajhamanch Archive

बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिंसाविरुद्ध मार्चपास गर्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिंसाविरुद्ध आज मार्चपास गर्ने भएको छ ।

बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्चपास’ गर्न लागेको हो । बृहत् नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन सबैलाई आग्रह पनि गरेको छ ।

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आठ दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । बलात्कारपछि हत्या भएको विरोधमा प्रदर्शन भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *