Sajhamanch Archive

एउटा घरमा आगो लगाइदिएर अर्को घरमा चोरी प्रयास

Published: in समाज by .

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं.४ तेलियामा अज्ञात पक्षले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको प्रयास गरेको छ ।

बिहीबार बेलुका ८ बजेतिर अज्ञात पक्षले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो लगाई उनको छिमेकी कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास गरेको हो ।

आगलागीबाट विश्वकर्माको दुई तले घर जलेर पूर्णरुपमा क्षति हुँदा करिब १ लाख ५० हजार बराबरको क्षति भएको छ भने चोरी प्रयास भएको विशङ्खे घरको सामान घरको केही नजिकै फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । अज्ञात पक्षले स्थानीय कुशुम विशङ्खे काटेर राखेको खरमा पनि आगो लगाएका छन् ।

अज्ञात पक्षले सुरुमा कुशुम विशङ्खेको खरमा आगो लगाएको र त्यहाँ मानिस केन्द्रित नभएपछि विश्वकर्माको घरमा आगो लगाइ कृष्ण विशङ्खेको घरमा चोरीको प्रयास गरेको अनुमान रहेको स्थानीय खिरबहादुर परियारले जानकारी दिए ।

                                                                                                          थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *