Sajhamanch Archive

नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

Published: in खेलकुद by .

काठमाडौं । विश्व क्रिकेट लिग-टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ ।

यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो ।

तर, कोभिड-१९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *