Sajhamanch Archive

१२७ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । नेपालमा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार चार हजारमा पिसिआर गर्दा १२७ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ५५७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३६ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ७९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५४ पुगेको  छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *