क्षितिज नाट्य साधना प्रतिष्ठानको नेतृत्व चयन
Published:
by .बिर्तामोड । क्षितिज नाट्य साधना प्रतिष्ठान झापाको अध्यक्षमा गजेन्द्र पृथक खतिवडा चयन भएका छन् ।
बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा आयोजित संस्थाको प्रथम अधिबेशनले पृथकको अध्यक्षतामा ११ सदस्यीय क्षितिज नाट्य साधना प्रतिष्ठान झापाको नयाँ कार्यसमिति गठन गरेको हो ।
क्षितिज नाट्य समूह झापाको विभागिय समिति अन्र्तगत गठित समितिको उपाध्यक्ष सृष्टि आचार्य, सचिव समिक्षा खतिवडा, कोषाध्यक्ष वन्दना मिश्र रहेका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा विवेक मिश्र , रतनकुमार सिगु, गंगाप्रसाद प्रसाईं, रेशु खरेल, सेमी आङ्वुहाङ , प्रकाश भट्टराई, सितादेवी अधिकारी रहेका छन् ।
उक्त समिति चयन गर्नका लागि नेपाल पत्रकार महासंघ झापाका सहसचिव केशव भट्टराई संयोजक र पूर्वाञ्चलल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला र बिर्तामोड–१ की वडा सचिव टीका अधिकारी रहेको निर्वाचन समिति गठन गरिएको थियो । उक्त निर्वाचन समितिले निर्वाचन प्रकृयाद्वारा पदाधिकारीहरुको चयन गरेको थियो ।
नवनिर्वाचित पदाधिकारीहरुलाई शनिवार झापा नाटक घरमा हुने साँस्कृतिक कार्यक्रममा पद तथा गोपनियताको शपथ खुवाइनुका साथै प्रमाण पत्र प्रदान गरिने बताइएको छ ।
क्षितिज नाट्य समूह झापाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षता तथा विश्व हिन्दू महासंघ नेपालका अभियन्ता धुव्रप्रसाद शिवाकोटीको प्रमुख आतिथ्यमा कार्यक्रममा नचानु विष्णु श्री जंघाटोल सुधार संस्थाका अध्यक्ष भोजकुमार मास्केले स्वागत गरेका थिए ।
कार्यक्रमको सञ्चालन क्षितिज नाट्य समुहका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण व्यवस्थापन समितिका सचिव माधब कल्पितले गरेका थिए ।
Comments