Sajhamanch Archive

आज जनयुद्ध दिवस मनाइँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा शुरू भएको जनयुद्धको आज २६औं वर्षगाँठ मनाइँदैछ ।

वि.सं.२०५२ साल फागुन १ गतेदेखि शुरू भएको सशस्त्र विद्रोह २०६२/६३ सालको जनआन्दोलनसँगै अन्त्य भएको थियो ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

जनयुद्धका क्रममा  राज्य र विद्रोही पक्षबाट गरी झन्डै १७ हजार नेपालीको ज्यान गएको थियो । २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । शसस्त्र विद्रोह शुरू भएको दिनलाई माओवादीले जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ ।

जनयुद्ध हाँकेको माओवादी पार्टी भने अहिले छिन्नभिन्न भइसकेको छ । शीर्ष नेतृत्व नै तितरवितर भइसकेका छन्‌ । प्रचण्ड नेतृत्वमा रहेको माओवादी पार्टी र साविक नेकपा एमालेबीच एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टीमा अहिले दरार उत्पन्न भएको छ ।

जनयुद्ध नेतृत्व गरेका अर्का नेता डा.बाबुराम भट्टराई नयाँ शक्ति पार्टी हुँदै अहिले जनता समाजवादी पार्टीको अध्यक्ष भएका छन्‌ । मोहन वैद्य ‘किरण’ ले नेकपा क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द ‘विप्लव’ ले नेपाल कम्युनिष्ट पार्टी खोलेका छन्‌ । विप्लवको पार्टीलाई भने वर्तमान सरकारले प्रतिबन्ध लगाएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *