Sajhamanch Archive

कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या आठ करोड नाघ्यो

Published: in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ करोड नाघेको छ ।

१४ महिनाअघि सुरु भएको कोरोना भाइरसका सङ्क्रमितको उपचारका लागि औषधि तयार भइनसके पनि उपचार विनै तथा लक्षणअनुसारको उपचारबाट आठ करोडभन्दा धेरै सङ्क्रमित निको भएका हुन् ।

विश्वका सबैजसो ठाउँमा फैलिसकेको कोरोना भाइरसबाट अहिलेसम्म १० करोड ८३ लाख ३५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै सङ्क्रमितमध्ये २३ लाख ७९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसविरुद्ध खोप तयार भएर अहिले विश्वका धेरै देशमा खोप अभियान चलिरहेको छ । लामो लकडाउन तथा प्रतिबन्धहरू झेल्न बाध्य बनाएको कोरोना महामारीको प्रभाव अहिले सामान्य बन्दै गएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *