Sajhamanch Archive

भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना भाइरसविरुद्धको खोप विकास गरेको भारतले विश्व समुदायलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको छ ।

भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाखभन्दा बढी खोप प्रदान गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भने, ‘भारतले आजको मितिसम्म दुई करोड २९ लाखभन्दा बढी खोप विश्व समुदायलाई प्रदान गरेको छ ।

उनका अनुसार विश्व समुदायलाई दिइएको कुल खोपमध्ये झण्डै ६४ लाख ७० हजार खोप निःशुल्क वितरण गरिएको हो भने एक करोड ६५ लाख खोप आर्थिक कारोवारसहित प्रदान गरिएको हो ।

भारतमा कोरोनाविरुद्धमा कोभिशिल्ड नाम खोप विकास गरी लगाउन थालिएको हो । यो खोप विश्वमा धेरै प्रयोग भएका खोपहरुमध्येमा पर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *