Sajhamanch Archive

५७ जनामा कोरोना सङ्क्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by .

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

एक हजार नौ सय जनाको पीसीआर परीक्षण भएकोमा ५७ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७२ हजार ६ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक सय ३३ जना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ९ सय २९ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण दुई हजार ५४ जनाले ज्यान गुमाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *