Sajhamanch Archive

निर्मला र भागरथीका हत्यारालाई पानीमुनि गए पनि छाड्दैनौँ : प्रधानमन्त्री ओली

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीकी भागरथी भट्टको हत्यारालाई कार्बाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार बुटवलमा आयोजित सभामा उनले भट्टको हत्यारालाई पानीमुनि गए पनि नछोड्ने बताए ।

“निर्मला हत्याकाण्ड होस् या भागरथी हत्याकाण्ड । यस्ता हत्याकाण्डका अपराधिलाई पानीमुनि गए पनि छोडिने छैन । विश्वका कुनै भागमा पुगे पनि छोडिने छैन । खोजेर, समातेर ल्याएर उनीहरुलाई कानुनी दायारामा राखेर कार्बाही गरेर छोडिनेछ”, उनले भने ।

उनले एक वर्ष लुकाए पनि कार्बाहीको समय कट्टा नहुने बताए । केही समयमा नै अपराधीलाई कठघरामा उभ्याउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *