Sajhamanch Archive

क्यान महासंघ झापा शाखाको छैटौं वार्षिक साधारणसभा सम्पन्न

Published: in विविधा by .

झापा। क्यान महासंघ झापा शाखाको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । विर्तामोड नगरपालिका बडा नं. ४ स्थित गोमेन्द्र विद्यालयको सभाहलमा सम्पन्न भएको थियो ।

क्यान महासंघ झापा शाखाका अध्यक्ष राजु श्रेष्टको विस्वमा कोरोना महामारीले ग्रस्त भएको यो विसम परिस्थितिमा झापा क्यानले सोचे अनुरुप कार्य गर्न नसके पनि समाजलाई डिजिटल रुपान्तरण गर्ने कार्यमा झापा क्यानले उल्लेख्य कार्य गरेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि क्यान महासंघका केन्द्रिय सदस्य भुपेन्द्र मैनालीले क्यानको गरिमामय इतिहासबारे प्रष्ट पारेका थिए । उनले क्यानले नीति निर्माण तथा प्रविधीको क्षेत्रमा उलेख्य भूमिका रहेको बताए । कार्यक्रमका क्रममा संस्थाको सचिव कृष्ण प्रसाद घिमिरेले प्रगती प्रतिवेदन पेस गरेका थिए भने कोषाध्यक्ष विनोद श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रमको स्वागत उपाध्यक्ष सुभ कुमाई पाठकले स्वागत गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *