Sajhamanch Archive

प्रचण्ड–माधव समूहका पत्रकारहरुको ‘संगठन सुदृढीकरण तथा निर्वाचन परिचालन कमिटी’ गठन

Published: in राजनीति by .

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका पत्रकारहरुको आज मेचीनगरको काँकरभिट्टामा सम्पन्न बिस्तारित बैठकले बिमल लामिछानेको संयोजकत्वमा ७ सदस्यीय ‘संगठन सुदृढीकरण तथा निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ ।

नवगठित समितिले झापामा संगठन बिस्तारसँगै पत्रकार महासंघको आसन्न निर्वाचनका लागि अन्य संगठनहरुसँग वार्ता, समन्वय, उम्मेदवार चयन र सिफारिस गर्ने बताइएको छ । संगठनका झापा अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा भएको बैठकद्वारा गठित सदस्यहरुमा दयाराम दाहाल, तीर्थ सिग्देल, तारामणि सापकोटा, भीमा शिवाकोटी, मुक्ति पौडेल र राजु अधिकारीलाई सदस्यमा चयन गरेको छ ।

भेलाले बिभिन्न क्षेत्रमा रहेका सञ्चारकर्मीहरुसँग अन्तक्रिया गर्नुका साथै फिल्डमा कार्यरत सञ्चारकर्मीका समस्याको बिषयमा मत संकलन गर्ने निर्णय गरेको छ । सञ्चारकर्मीको पेशागत सुरक्षा तथा दक्षता अभिबृद्धिमा गर्नसक्ने कार्यहरुका बारेमा सुझाव दिन संगठनले आग्रह गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *