Sajhamanch Archive

सर्वसाधारण सेवाग्राहीलाई समेत पोसाक तोक्ने तयारी

Published: (Updated: ) in मिडियाबाट साभार by .

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा आउने सर्वसधारणको समेत पोसाक तोक्ने गरी छलफल अघि बढाएको छ ।

गृह प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले सेवाग्राहीको पोसाकबारे आन्तरिक छलफल सुरु भएको बताए ।

कर्मचारीको निश्चित पोसाक भएपछि सेवाग्राही पनि मर्यादित पोसाकमा आउनु राम्रो हो, उनले भने, यसबारे केहि निर्णय त भएको छैन, छलफल भने चलाएका छौँ ।

मर्यादित पोसाक भनेको कस्तो हो, त्योचाहिँ यकिन भईसकेको छैन । विस्तृत छलफलपछि पोसाक टुंगो लगाईने मन्त्रालयले जनाएको छ ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *