३४० रुपैयाँमा नेप्सेमा इन्फ्रास्टक्चर बैंकको पहिलो सेयर कारोबार सुरु
Published:
by .काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर नेप्सेमा कारोबार सुरु भएको छ ।
आइतबार नेप्सेको स्पेसल प्रि–ओपनिङ सेसनमा कम्पनीको सेयर ३४० रुपैयाँ प्रतिकित्तामा ओपनिङ कारोबार भएको छ । प्रि–ओपन सेसनमा कम्पनीको सात हजार ३८० कित्ता सेयर किनबेच हुँदा २५ लाख नौ हजार २०० रुपैयाँको कारोबार भएको छ ।
गत बिहीबार नेप्सेमा सूचीकरण भएको कम्पनीको सेयर पहिलो कारोबारको लागि नेप्सेले नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो ।
बाह्रखरी
Comments