Sajhamanch Archive

३४० रुपैयाँमा नेप्सेमा इन्फ्रास्टक्चर बैंकको पहिलो सेयर कारोबार सुरु

Published: in अर्थतन्त्र by .

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंकको सेयर नेप्सेमा कारोबार सुरु भएको छ ।

आइतबार नेप्सेको स्पेसल प्रि–ओपनिङ सेसनमा कम्पनीको सेयर ३४० रुपैयाँ प्रतिकित्तामा ओपनिङ कारोबार भएको छ । प्रि–ओपन सेसनमा कम्पनीको सात हजार ३८० कित्ता सेयर किनबेच हुँदा २५ लाख नौ हजार २०० रुपैयाँको कारोबार भएको छ ।

गत बिहीबार नेप्सेमा सूचीकरण भएको कम्पनीको सेयर पहिलो कारोबारको लागि नेप्सेले नेप्सेले कम्पनीको सेयरको पहिलो कारोबार न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ८६ पैसासम्म ओपनिङ रेन्ज तोकेको थियो ।

 बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *