Sajhamanch Archive

कांग्रेसद्वारा केरुङ नाका खुलाउन माग

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौं ।  नेपाल चीनबीचको व्यापारिक केरुङ नाकामा आयात-निर्यात सहज तुल्याउन नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै नाका सञ्चालन गर्न सरकारसँग माग गरेको हुन् ।

‘चिनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकाहरूमा प्रवेश कडाइ र आवागमन बन्दसमेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यक कदम थियो’ विज्ञप्तिमा भनिएको छ, ‘तर, तुलनात्मक रूपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख व्‍यापारिक नाका केरुङमा नागरिक र व्यवसायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

०७६ माघ १५ देखि असार २७ सम्म पूर्णरूपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको छ। दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा पर्नु दुःखद भएको बताएको छ ।

नेपाली व्यवसायीहरू मर्कामा पर्नुको साथै राज्यकै राजस्व संकलनमा पनि असर पुगेको बताएको छ । चिनिया पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न माग गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *