Sajhamanch Archive

म्यानमारमा नवाैँ दिन पनि प्रदर्शन, नेतृ सुकीलाई रिहा गर्न माग

Published: in विश्व समाचार by .

एजेन्सी । म्यानमारमा भएको सैन्य ‘कू’ को विरोधमा नवौँ दिन पनि प्रदर्शन भइरहेको छ ।

विभिन्न सहरमा भइरहेको प्रदर्शनमा हजारौँ नागरिक सहभागी भएको बीबीसीले जनाएको छ । उनीहरुले म्यानमारमा लोकतन्त्र कायम राख्न माग गरिरहेका छन् र चाँडो भन्दा चाँडो नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकी रिहा भएको हेर्न चाहिरहेका छन् ।

गएको १ फेब्रुअरीमा म्यानमारको सेनाले ‘कू’ गर्दै शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गर्दै लोकतान्त्रिक पद्धतिबाट चुनिएका नेताहरुलाई हिरासतमा लिएको थियो । जसमा नेतृ आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत छन् ।

म्यानमारको सबै सहरमा प्रहरी र सेनाको वाहनले गस्ती गरिरहेको छ । नागरिकमा सैन्य कारबाहीको डर पनि छ तर यी सबैका बीच प्रदर्शन रोकिएको छैन । म्यानमारको भएको सैन्य ‘कू’ को विरोधमा विभिन्न देशले कडा निन्दा गर्दै लोकतन्त्रको पुनस्र्थापना हुनुपर्ने बताइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *