Sajhamanch Archive

हाम्रो नेपाल साकोसद्वारा दुईजना मृतक ऋणि सदस्यको कर्जा मिनाहा

Published: in मुख्य समाचार, समाज, सहकारी by .

झापा । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना दुईजना शेयर सदस्यको असामयिक निधनप्रति शोक व्यक्त गर्दै परिवारजनलाई काजकिरिया खर्चसहित कर्जा मिनाहाको पत्र प्रदान गरेको छ ।

हाम्रो नेपाल साकोसका शेयर सदस्य मेचीनगर १३ चारआली निवासी धर्मेन्द्र राजवंशीको परिवारजनलाई दुई लाख रुपैयाँ कर्जा मिनाहाको पत्र प्रदान गरिएको हो । स्वर्गीय राजवंशीले २०७७ भदौ ३ गते व्यापार कर्जाको रुपमा ऋण लिई सावाँ ब्याज नियमित बुझाइरहेकोमा गत माघ १९ गते उनको निधन भएकाले सदस्यको सामाजिक सुरक्षा अन्तरगत कर्जा मिनाहा गरिएको पत्नी रिना राजवंशीलाई प्रदान गरिएको पत्रमा उल्लेख छ ।

यसैगरी, अर्का शेयर सदस्य बिर्तामोड नगरपालिका २ चारपाने निवासी बलबहादुर मगरले विपन्न कर्जा समूह अन्तरगत एक महिना पहिले पुष १७ गतेमात्र ब्यापार कर्जा शीर्षकमा ऋण लिएका थिए । तर यही माघ १८ गते उनको असामयिक निधन भएकाले सदस्य सुविधा अन्तरगत २२ हजार ८३० रुपैयाँ कर्जा मिनाहा गरिएको पत्र स्वर्गीय बलबहादुर मगरकी पत्नी सरिता थापा मगरलाई प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको नेतृत्वमा माघ ३० गते चारपाने र चारआलीमा रहेका मृतक सदस्यका परिवारजनलाई भेटेर संस्थाको तर्फबाट सहानुभूति प्रदान गरिएको हो । दुवै परिवारमा पुगेर छुट्टाछुट्टै समवेदना अर्पण गर्दै काजकिरिया खर्च वापत पाँच–पाँच हजार रुपैयाँ पनि प्रदान गरेको छ ।

संस्थाका सञ्चालकहरु, अधिकृत कर्मचारीहरु एवम् सेवा केन्द्र अन्तरगतका कर्मचारीहरु तथा बजार प्रतिनिधिहरु सहभागी भएर शेयर सदस्य परिवारमा समवेदनासहित राहत प्रदान गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *