Sajhamanch Archive

शहीद रामनाथको स्मृतिमा सन्थाल बालबालिकाले शिक्षा पाउने

Published: in शिक्षा, समाज by .

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. २ स्थित वीर अमरसिंह प्राविधिक माद्यामिक बिद्यालयमा शहीद रामनाथ दाहालको स्मृतिमा गेट निर्माण तथा अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयमा आज आयोजित एक कार्यक्रमका बीच शहीद पुत्र भुपेन्द्र दाहाल तथा बुहारी अम्बिका दाहालले गेट निर्माणको लागत रकम ७८ हजार रुपैयाँ र अक्षयकोषको लागि थप १ लाख ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

शहीद रामनाथ दाहाल स्मृति अक्षयकोषबाट सन्थाल जातिका बालबालिकालाई छात्रवृत्ति दिइने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष किशोर पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा प्रधानाध्यापक यदुनाथ अधिकारीले दाताले दिएको रकम सही सदुपयोग गरिने प्रतिबद्धता जनाउँदै अझ रचनात्मक काम गर्ने विश्वास दिलाए ।

वि. सं. २०२८ सालमा तत्कालीन कम्युनिष्ट पार्टीले गरेको झापा विद्रोहका अगुवा दाहाललाई तत्कालीन शासकले पक्राउ गरी इलाम जेल सरुवा गर्ने बहानामा सुखानीको जंगलमा पुर्याएर गोली हानी हत्या गरिएको थियो । दाहालसँगै झापा विद्रोहका सहयात्री नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ साल फागुन २१ गते गोली हानी हत्या गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *