Sajhamanch Archive

कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने भएको छ ।

कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने जानकारी दिएका छन् ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन् ।

यसअघि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवासँग तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *