Sajhamanch Archive

अविश्वासको प्रस्ताव जनविरोधी हर्कतको संज्ञा : मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । अविश्वासको प्रस्तावलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनविरोधी हर्कतको संज्ञा दिएका छन् । यसविरुद्ध एकजुट हुनुपर्नेमा पनि उनले जोड दिए ।

 मुख्यमन्त्री राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावलाई जनताको विश्वासमा तातो पानी खन्याउने काम भएको टिप्पणी गरेका छन् ।

प्रदेशसभाको तेस्रो वार्षिक उत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले प्रदेशमा अस्थिरता सिर्जना गरी जनताको विश्वासमा तातो पानी खन्याउने काम बताएका हुन् ।

‘प्रदेशमा जनातामा पैदा भएको विश्वास, उत्साह र आशामा तातो पानी खन्याउदै संविधान र संघीयतालाई नै कमजोर बनाउने गलत प्रयास भएको छ’ उनले भने ‘मुख्यमन्त्रीको विरुद्व आएको अविश्वासको प्रस्तावलाई हामीले सामना गर्नुपर्ने भएको छ ।’

प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । यद्यपि उक्त प्रस्तावमाथि प्रदेशसभामा छलफल हुन सकेको छैन ।

संसदीय व्यवस्थाको प्रचलित नियम विपरीत अविश्वासको प्रस्ताव आएकाले वैधानिकता प्रश्नको निरुपण गरी प्रस्तावको सामना गर्ने मुख्यमन्त्री राईले बताए ।

प्रदेशसभाले राजधानीको टुङ्गो लगाएको र नामको पनि चाडै टुङ्गो लगाउने उनले बताए ।

सत्तारुढ दलभित्रैबाट सरकार ढालेर, प्रधानमन्त्री, राष्ट्रअध्यक्ष, अनि क्रमश प्रदेशका मुख्यमन्त्री, प्रदेश प्रमुखहरुलाई अपदस्त गरेर ६ महिने, ९ महिने सरकार बनाउने खेल सुरु भएपछि ताजा जनादेशमा जानका लागि प्रधानमन्त्रीले संसद भङ्ग गरेको मुख्यमन्त्री राईले बताए ।

शून्यबाट सुरु भएको प्रदेश सरकारले तीन वर्षमा महत्वपूर्ण उपलब्धी हासिल गरेको उनले बताए । आफ्नो वार्षिक उत्सवका अवसरमा प्रदेश सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण कामको सूचीसहितको गोजी पुस्तिका सार्वजनिक गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *