Sajhamanch Archive

फिल्म सेटमा सुरु भएको थियो यी बलिउड सेलिब्रेटीको ‘लभस्टोरी’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by .

फिल्म शुटिङको क्रममा अभिनेता र अभिनेत्रीबीचको दूरी कम हुने भएकाले एकअर्कासँग सजिल्यै नजिक हुन्छन् । फिल्म खेल्दाखेल्दै वास्तविक जीवनमा पनि एकअर्काको प्रेममा बाँधिने जोडीहरु धेरै छन् ।

जसमध्ये बलिउडको ९० को दशकमा केही चर्चित जोडीहरुले वास्तविक जीवनमा पनि एक अर्कालाई दिल दिए । उनीहरुको प्रेमसम्बन्ध निकै चर्चामा पनि रह्यो । तर, सम्बन्धले विवाहको रुप भने लिन सकेन ।

माधुरी दीक्षित र संजय दत्त

बलिउडकी कुशल डान्सर समेत रहेकी माधुरी दीक्षित र संजय दत्तको सम्बन्ध निकै चर्चामा रह्यो । यी दुई फिल्म ‘थानेदार’को सेटमा एकअर्काको नजिक भए । तर, संजय मुम्बई बम विस्फोटमा मुछिएपछि माधुरीले सम्बन्ध तोडिन् ।

सलमान खान र ऐश्वर्या राय

सलमान र ऐश्वर्या सम्बन्धको बारेमा अझै पनि उत्तिकै चर्चा र परिचर्चा हुने गरेको छ । धेरैले रुचाएको यो जोडी वास्तविक जीवनमा भने एक अर्कासँग जीवन बिताउन सफल भएनन् । फिल्म ‘दिल दे चुके सनम’ को फिल्म सेटमा प्रेम गाँसेका यी दुईले २ वर्षको सम्बन्ध पछि ब्रेकअप गरे ।

अजय देवगन र करिश्मा कपूर

कुनै समय अजय देवगनलाई थुप्रै अभिनेत्रीहरुले मरिहत्ते गर्थे । रवीना र अजयको अफेयरको बारेमा थुप्रै चर्चा चल्यो । तर अजय करिश्माको सुन्दरतामा लठ्ठ परे । फिल्म सेटमा नै करिश्माको नजिक भएका यी दुईको प्रेम पनि अधुरो नै रह्यो ।

साजिद नाडियाडवाला र तब्बु

फिल्म ‘जीत’को सेटमा फिल्म प्रोड्युसर साजिद र तब्बुको अफेयरको निकै चर्चा भयो । उनीहरु एकअर्कासँग प्रेममा पनि बाँधिए । तर, पछि ब्रेकअप भयो ।

अक्षय कुमार र शिल्पा शेट

फिल्म ‘मैं खिलाड़ी तू अनाड़ी’ को सेटमा एक अर्कासँग मायामा बाँधिएका यी दुई एक अर्कासँग प्रेममा निकै गम्भीर थिए । तर, अक्षयले शिल्पालाई धोका दिए । भारतीय सञ्चार माध्यमले अक्षयले धोका दिएका कारण शिल्पा डिप्रेशनको शिकार समेत भएकी बताउँदै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *