Sajhamanch Archive

जंगली हात्तीको आक्रमणबाट भद्रपुरमा एक महिलाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज by .

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । झापा भद्रपुर नगरपालिका वडा नं. २ कमलधापकी ५० वर्षीय सीता दाहालको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

सोमबार दिउँसो साढे १ बजे आफ्ना साथीहरूसँग सोही ठाउँको जंगलमा घाँस काट्न गएकी थिइन्। सो अवस्थामा जंगली हात्तीले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले बताए।

आक्रमणबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए।

घटनासम्बन्धी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *