Sajhamanch Archive

भारत बलियो स्थितिमा

Published: in खेलकुद by .

एजेन्सी । भारतसँगको दोस्रो टेष्ट खेलमा जितको लागि विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड तेस्रो दिनको समाप्तिमा खराब अवस्थामा छ । जितका लागि ४ सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभरमा ५३–३ को कमजोर अवस्थामा रहेको छ ।

इंग्ल्यान्डका कप्तान जो रुट २ र ड्यान लरेन्स १९ रनमा अविजित छन् । इंग्ल्यान्डले जितको लागि बाँकी दुई दिनमा ४ सय २९ रन बनाउनु पर्ने हुन्छ । ओपनर रोरी बन्र्स २५, डोम सिब्ले ३ र ज्याक लेच गोल्डेन डक आउट हुन पुगे ।

पहिलो इनिङमा १ सय ९५ रनको अग्रता लिएको भारत दोस्रो इनिङमा २ सय ८६ रनमा अल आउट हुँदै विशाल लक्ष्य दिएको थियो । भारतलाई विशाल योगफलमा पुर्याउन तल्लोक्रममा स्पिनर रविचन्द्रन आश्विनले १०६ रनको शतकीय इनिङ खेले ।

कप्तान विराट कोहली ६२ रनमा आउट भए । अन्य ब्याट्सम्यानले भने राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर रोहित शर्मा २६, सुभमन गिल १४, रहाणे १०, ऋषभ पन्त ८, चेतेश्वर पुजारा ७ रनमा आउट हुँदा मोहम्मद शिराज १६ रनमा अविजित रहे । इंग्ल्यान्डका स्पिनरद्वय ज्याक लेच र मोईन अलीले ४–४ विकेट लिए ।

पहिलो इनिङमा इंग्ल्यान्ड ५९.५ ओभरमा १ सय ३४ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका विकेटकिपर बेन फोक्स ४२ रनमा अविजित रहे । डोम सिब्ले १६, बेन स्टोक्स १८ र ओली पोप २२ रनमा आउट भए । भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ५ विकेट लिए । अक्षर पेटल र ईशान्त शर्माले २–२ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ थालेको भारत पहिलो इनिङमा ३ सय २९ रनमा अल आउट भएको थियो । भारतका ओपनर रोहित शर्माले सर्वाधिक १ सय ६१ रनको योगदान दिए । ऋषभ पन्त ५८ रनमा अविजित रहे ।

अजिक्या रहाणे ६७ रनमा आउट भए । कप्तान विराट कोहली शून्यमा आउट भएका थिए । इंग्ल्यान्डका मोईन अलीले ४, ओली स्टोनले ३ र ज्याक लेचले २ विकेट लिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *