Sajhamanch Archive

अनलाइनबाट पुनः श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by .

काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार हाल दैनिक एक सय भन्दा बढीले अनलाइनबाट पुन श्रम स्वीकृति लिइएको बताएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले अनलाइन कार्यान्वनको सुरुको दिनमा अनलाइनबाट दैनिक दश पन्ध्र जनाले पुन श्रम स्वीकृति लिने गरेको भए तापनि अहिले अनलाइनबाट स्वीकृति लिने संख्या बढिरहेको जानकारी दिएका छन् ।

२०२१ जनवरी १ देखि संसारको जुनसुकै कुनाबाट पनि पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिने सरकारले व्यावस्था गरिएको थियो । कार्यान्वयन भएको हाल डेढ महिनाको अवधिमा २५ सयको हाराहारीमा अनलाइनबाट नेपाल सहित देशमा विभिन्न ठाउँमा कार्यरत नेपाली कामदारले श्रम स्वीकृति लिइएको विभागका महानिर्देशक दहालले बताएका छन् ।

यो व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने व्यक्तिले पुनः श्रम स्वीकृति (रिइन्ट्री) लागि श्रम कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । कार्यालयमा आएर पनि श्रम स्वीकृति लिन आउनेक्रम पनि जारी रहेको विभागको भनाई छ ।

वैदेशिक रोजगारीमा कार्यरत नेपालीले म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृति प्राप्त गर्न सक्छन् । यो व्यवस्थाले वैदेशिक रोजगारीका क्रममा विदेशमै रहेका श्रमिक बढीमा दुई पटकसम्म लाभ लिन सक्ने विभागको भनाई छ । एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक आइरिक्स (आँखाको स्क्यान वा औँठाछाप स्क्यान) गरेर श्रम स्वीकृति लिइसकेकाले अनलाइन पुनः श्रम स्वीकृति सेवा लिन सक्ने छन् ।

त्यस्तै अनलाइनमार्फत पुनः श्रम स्वीकृतिका लागि सेवा प्राप्त गर्न वैदेशिक रोजगार विभागको वेबसाइटबाट अनलाइन श्रम स्वीकृतिमार्फत फारम भर्न पर्छ । श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन रिजेक्ट भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउन्टमा सूचना जाने भएकाले आफ्नो मोबाइल नं र इमेल ठेगाना सही भर्नुपर्ने छ ।

त्यस्तै श्रम स्वीकृतिका लागि आवेदन गर्दाको युजर नेम र पासवर्ड सुरक्षित राख्नुपर्ने विभागले जनाएको छ ।श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफईआईएमएसको युजर एकाउन्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुने भएकाले आवेदक आफैँले आवश्यकता अनुसार प्रिन्ट गर्न सकिने विभागले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *