Sajhamanch Archive

एमिकस क्युरीका कार्कीको राय– संविधानमा हरेक कुरा लेख्न सम्भव हुँदैन

Published: in मुख्य समाचार, राजनीति by .

काठमाडौं । प्रतिनिधिसभा विघटनको विषयमा जारी बहसमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले विघटनको पक्षमा राय राखेका छन् । सो मुद्दामा राय लिनका लागि गठन गरिएको पाँच सदस्यीय एमिकस क्युरीका तर्फबाट राय राख्दै उनले विघटनको पक्षमा राय राखेका हुन् ।

०४७ सालको संविधानको धारा ५३ को ४० मा रहेको प्रधानमन्त्रीले संसद् भंग गर्न सक्ने व्यवस्था अहिलेको संविधानमा पनि ‘साइलेन्स’ रहेको बताए । धारा ७६ को १० को प्रधानमन्त्रीले विघटन गर्न पाउने व्यवस्था संविधानमा नरहेको रिट निवेदकले जिकिर गरेकामा उनले भने हरेक कुरा संविधानमा लेख्न सम्भव नरहेको बताए । प्रधानमन्त्री र सरकारका तर्फबाट बहस गरेका कानुन व्यवसायीले पनि प्रधानमन्त्रीलाई विघटनको अधिकार रहेको तर्क गरेका थिए ।

कार्कीलाई न्यायाधीश अनिल सिन्हाले संविधानमा साइलेन्ट रहेको अधिकार छभन्दा विघटनलाई प्राथमिकता दिन खोजेको लाग्दैन रु भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले त्यस्तो यस्तो अर्थ नलाग्ने बताए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरूद्ध दायर रिटमा सोमबार पक्ष–विपक्षको बहस सकिएपछि आजबाट एमिकस क्युरीले राय राखिरहेको हो । नेपाल बार एसोसिएसनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई गरी पाँचजना वरिष्ठ अधिवक्ताको एमिकस क्युरी छ । पूर्णमान शाक्य, विजयकान्त मैनाली, बद्रीबहादुर कार्की, गीता संग्रौला र सतिशकृष्ण खरेलको एमिकस क्युरीले प्रतिनिधिसभा विघटनको विषयमा आफ्नो राय राख्नेछन् । एमिकस क्युरीको राय सुनेपछि केही दिनमै इजलासले फैसला सुनाउनेछ ।

गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । विघटन असंवैधानिक भन्दै दायर १३ वटा रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *