Sajhamanch Archive

नित्यानुष्ठान दीपिका ग्रन्थ लोर्कापण

Published: (Updated: ) in शिक्षा, साहित्य by .

बुद्धशान्ति । अनन्तश्री विभूषितद्वय स्वामी मद्युसूदनाचार्य एवं स्वामी भागवताचार्यका शिष्यद्वारा प्रकाशित ‘नित्यानुष्ठान दीपिका’ ग्रन्थको आज लोर्कापण गरिएको छ ।

बुद्धशान्तिस्थित श्री ऋषि वाल्मीकि मधुसूदनाश्रममा एक कार्यक्रमबीच कार्यक्रमका प्रमुख अतिथि श्री स्वामी वासुदेवाचार्यले पुस्तकको लोकार्पण गरेका हुन् ।

ऋषि वाल्मीकि मधुसूदनाश्रमका अध्यक्ष श्री स्वामी राघवेन्द्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा ग्रन्थको समिक्षा श्री वैष्णव युवा परिषद्का केन्द्रीय महासचिव आचार्य रामानुज नेपालले गरेका थिए ।

उक्त ग्रन्थमा श्रीस्वामी मद्युसूदनाचार्य एवं श्रीस्वामी भागवताचार्यको संक्षिप्त जीवनी, श्रीगुरुपरम्परा, श्रीलक्ष्मीनारायणस्तोत्रसंग्रह, भगवदाधनाविधि, नित्यकर्मविधि, परिशिष्ट लगायतका विषयहरु समेटिएको छ ।

आर्थिक संयोजक स्वामी लक्ष्मी प्रपन्नाचार्यले आर्थिक गतिविधि प्रस्तुत गरेको कार्यक्रममा ग्रन्थका सम्पादक भवानीप्रसाद मिश्रले सम्पादकीय मन्तव्य राखेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि स्वामी वासुदेवाचार्य, श्री वैष्णव परिषद् झापाका अध्यक्ष कृष्णप्रसाद मिश्र,स्वामी गोपालाचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शिक्षक हरिनारायण खतिवडाले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन वासुदेव खनालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *