Sajhamanch Archive

भद्रपुरको कलवलगुरीमा चिन्ताहरण आश्रम निर्माण थालियो

Published: in समाज by .

भद्रपुर । भद्रपुर १० स्थित कलवलगुरी टोलमा बृद्धबृद्धाको सेवा लक्षित गरेर आश्रम निर्माण थालनी गरिएको छ । स्थानीय नारद न्यौपाने लगायतको प्रयासमा समाजमा एक्लै भएका बृद्धबृद्धालाई आश्रय दिइ सेवा गर्ने लक्ष राखेर सो आश्रमको निर्माण थालिएको हो ।

हरिप्रसाद गौतमको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भूमिपूजन कार्यक्रममा पण्डित परमेश्वर दासले शिला राखेर भवन निर्माणको काम थालनी गरिएको हो ।

आश्रम शिलान्यास कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, वडा सदस्य तुलसी पोखरेल, स्थानीय नारायण चौलागाई, पुरूषोत्तम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

३ कठ्ठा क्षेत्रफलमा निर्माण हुने चिन्ताहरण आश्रममा योग शिविर, आयुर्वेद उपचार कक्ष, गौशाला लगायत घरेलु उद्योगको अवधारणासमेत जोडिएको निर्माणमा जुटिरहेका देवेन्द्र गौतमको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *