५४ यात्रु चढेको बस नहरमा खस्यो, १८ जनाको शव निकालियो
Published: (Updated: )
by .काठमाडौं । भारतको मध्य प्रदेशमा आज (मंगलबार) ५४ जना यात्रु बोककोे बस नहरमा खस्दा १८ जनाको ज्यान गएको छ ।
आज बिहान साढे ७ बजे मध्यप्रदेश रामपुर नैकिन क्षेत्रमा ५४ यात्रु बोकेको बस पुलबाट नहरमा खसेको हो । सिधीबाट सतना गइरहेको बस साइड लगाउने क्रममा पुलबाट बाणसागर परियोजनाको नहरमा खसेको भारतीय सञ्चारमाध्यम र समाचार संस्थाहरुले जनाएका छन् ।
अहिलेसम्म नहरबाट १८ भन्दा बढीको शव निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उद्धार कार्यलाई सहज बनाउन नहरको पानी रोक्न अधिकारीहरुलाई आदेश दिइसकेका छन् । अहिले घटनास्थालमा मध्यप्रदेश सरकारका दुई मन्त्री पुगिसकेका छन् । एजेन्सी
Comments