Sajhamanch Archive

पिएसजीसँग बार्सिलोनाको लज्जास्पद हार

Published: (Updated: ) in खेलकुद by .

एजेन्सी । युइएफए च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गतको पहिलो लिगमा फ्रेन्च क्लब पिएसजीले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ ।

गएराति बार्सिलोनाको घरेलु मैदान क्यामनेउमा सम्पन्न खेलमा पिएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

​ पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । एम्बाप्पेले खेलको ३२, ६५ र ८५औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। त्यस्तै मोइज कीनले पिएसजीका लागि खेलको ७०औ मिनेटमा एक गोल गरेका थिए ।

यस अघि खेलको २७औ मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेसीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *