Sajhamanch Archive

एम्बाप्पेको ह्याट्रिकमा बार्सिलोनामाथि पीएसजीको सानदार जित

Published: in खेलकुद by .

काठमाडौं । युवा स्टार खेलाडी केलियन एम्बाप्पको ह्याट्रिकको सहयोगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम–१६ को पहिलो लेगमा सहज जित निकालेको छ ।

मंगलबार रात भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४–१ ले पराजित गरेको हो । बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गरे । मोइसे केनले एक गोल थपे ।

बार्सिलोनाका लागि कप्तान लियोनल मेसीले एक गोल गरे । खेलको २७औँ मेसीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३२औँ मिनेटमा एमबाप्पले पीएसजीका लागि बराबरी गोल फर्काए । ६५औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा पीएसजीले २–१ को अग्रता बनायो ।

७०औँ मिनेटमा मोइस किनले पीएसजीका लागि तेस्रो गोल गरे । ८५औँ मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४–१ ले विजयी भयो । दुई टोलीबीचको दोस्रो लेगको खेल पीएसजीको मैदानमा १० मार्चमा हुनेछ ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *