Sajhamanch Archive

कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बैठक बस्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by .

काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

पर्सि ७ गतेदेखि १० गते सम्म हुने भनिएको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न कांग्रेसले बैठक बोलाएको हो ।

केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । प्रतिनिधि सभा विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि मात्रै राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि नयाँ मिति तय गर्ने अथवा अगाडि नै तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले जनाए ।

बैठकमा पार्टीको आन्तरिक समस्या, क्रियाशिल सदस्यता वितरण लगायतका विषयमा पनि छलफल हुने उनले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *