Sajhamanch Archive

६० वर्षमाथिका नागरिकलाई २३ फागुनदेखि कोरोना खोप

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । सरकारले आगामी २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ ।

बुधबार बसेको स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा‍.जागेश्वर गौतमले भने, ‘२० लाख खोप सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेर ल्याउँदैछौं । कोभ्याक्समार्फत पनि आउँदैछ । त्यसैले खोपका अभाव हुन्न ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *