Sajhamanch Archive

संसद् विघटनविरुद्ध जसपाले देशव्यापी प्रदर्शन गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

आज बसेको पार्टी पदाधिकारीको बैठकले देशव्यापी रुपमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

जसपाले फागुन ९ गते देशभरिका सम्पूर्ण महानगर/उपमहानगर/नगर/गाउँपालिकामा जनप्रदर्शन र विरोधसभा तथा जसपा निकट भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीनवटै जिल्ला कमिटीले रत्नपार्कमा संयुक्त प्रदर्शन र विरोधसभा गर्ने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *