Sajhamanch Archive

प्रदेश सरकारबाटनै राष्ट्र बैंकमा तालाबन्दी गरियो

Published: (Updated: ) in प्रदेश तह by .

जनकपुरधाम । प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन्।

प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरेर भदौ १० गते रक्षाबन्धन तथा जनैपूर्णिमाको बिदा घोषणा गरे पनि संघीय सरकार मातहतका कार्यालयहरूले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक हुन थालेको हो।

आन्तरिक मामिला तथा कानुनमन्त्री यादव आफैँ जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफनो नियन्त्रणमा लिएका छन्।

संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरूले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नु परेको मन्त्री यादवले बताए।

उनले प्रदेश सरकारको निर्णयलाई अटेरी गर्ने जुन सुकै कार्यालयमा तालाबन्दी गर्नेदेखि लिएर कानुनी उपचारसमेत खोजिने बताएका छन्।

भदौ १ गते लागू भएको देवानी कार्यविधि संहिताको दफा ५१ को स्पष्टीकरणले प्रदेश सरकारले समेत सार्वजनिक विदा दिन सक्ने स्पष्ट कानुनी व्यवस्था गरेको भए पनि यो कानूनी प्रावधानलाई प्रदेशअन्तर्गत रहेका संघीय कार्यालयहरूले उल्लंघन गरेकोले बाध्यकारी रूपमा प्रदेश सरकार कानुन कार्यान्वयन गराएको हो।
थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *