Sajhamanch Archive

झापामा गरिमा विकास बैंक, नेपाल घरेलु तथा साना उद्योग र उद्यमीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Published: in अर्थतन्त्र by .

झापा । गरिमा विकास बैंक, नेपाल घरेलु तथा साना उद्योगले उद्यमीबीच एक दिने अन्तरक्रिया कार्यक्रम गरेको छ । गरिमा विकास बैंकले प्रवाह गर्ने गरेको सेवा सुविधाका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उद्योगीहरुले बैंकको लगानी ,कर्जाको व्याज दर, विनाधितोको लगानीलगायतका विषयमा आ आफ्नो जिज्ञाशा प्रस्तुत गरेका थिए । दीनानाथ शिवाकोट, इन्दिरा भट्टराई, डिल्लीराम बाँस्तोला, मनोजप्रसाद गिरी, आशाकुमारी लिम्बू , जानुका थापा , खगेन्द्रप्रसाद प्रसाई, पदम भण्डारी, पुनम बस्नेतलगायतले विभिन्न जिज्ञाशा राखेका थिए । ती जिज्ञाशाहरुको बैंक संचालकहरुले जवाफ दिएका थिए ।

नेपाल घरेलु तथा साना उद्योग संघका अध्यक्ष जीवननाथ काफ्लेको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंह थिए । त्यस्तै विशिष्ट अतिथिमा गरिमा विकास बैंकका प्रमुख गोविन्दप्रसाद ढकाल रहेका थिए ।

कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै बैंकका संजीवप्रसाद जैसवालले २०६४ सालमा तीन जिल्लाबाट स्थापना भएको ‘ख’ वर्गको गरिमा विकास बैंकले ५७ अर्ब निक्षेप र ४८ अर्ब कर्जा लगानी गरेको जानकारी दिए । सो बैंकको झापामा ४ र १ नं प्रदेशमा ११ वटा बैकिङ कार्यालय रहेको उनले बताए ।

गरिमा विकास बैंकका क्लस्टर प्रमुख मीनप्रसाद सुवेदीले शब्द स्वागत गरेको कार्यक्रमलाई भैरव रिजालले सञ्चालन गरेका थिए । कार्यक्रममा १५० भन्दा बढी उद्यमीहरुको सहभागि भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *